बोर्नमाउथ तेस्रो नम्बरमा

एजेन्सी– इंग्लिस प्रिमियर लिगको अंक तालिकामा बोर्नमाउथले तेस्रो नम्बरमा आफ्नो स्थान बनाएको छ । शुक्रबार भएको खेलमा साउथह्याम्पटनलाई ३–१ले पराजित गर्दै यो स्थान बनाएको हो । 

अत्यन्त रोमान्चक खेलमा बोर्नमाउथले पहिलो हाफमा २ र दोस्रोमा एक गोल गरेको थियो । उसले दोस्रो हाफमा एक गोल खायो पनि ।

बोर्नमाउथका लागि १० औं मिनेटमा नाथन एकेले गोल गरे । त्यसपछि ह्यारी विल्सनले ३५ औं मिनेटमा गोल गरे । तर, दोस्रो हाफमा साउथह्याम्पटनले पेनाल्टी पायो । वत्यो पेनाल्टी जेम्स वार्डले प्रहार गरे । यो गोलमा परिणत भयो । फेरि इन्जुरी समयमा क्यालम विल्सनले एक गोल गरेर बोर्नमाउथको अग्रतालाई कायम राखे । 

योसँगै बोर्नमाउथ प्रिमियर लिगको तेस्रो नम्बरमा पुगेको हो ।  
 





  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार ६:२२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया