एजेन्सी— पछिल्लो समय भारतमा निकै हिट भएका छन्, अभिनेता आयुष्मान खुराना । गत वर्षको नेसनल अवार्डमा उत्कृष्ट अभिनेताको पुरस्कार जितेका खुरानाले निकै जिम्मेवार भएर पनि काम गरिरहेका छन् ।
अहिले चाहिँ उनी अर्कै कुराले चर्चामा आएका छन् । खासमा यो प्रसंग द जोया फ्याक्टरको हो । सोनम कपुरको यो फिल्मको अहिले निकै ठूलो प्रमोसन चलिरहेको छ । अनि विभिन्न कलाकार आफ्नो भिडियो सोनमसँग सेयर गरिरहेका छन् । जसमा उनीहरुले आफ्नो अन्धविश्वासको विषयमा कुरा गरेका छन् । रणबीर कपुर, आलिया भट्ट, जाह्नवी कपुरलगायतले पनि यस्तै भिडियो सेयर गरेका छन् । अब आयुष्मान पनि यही सूचीमा थपिएका छन् ।
अन्धविश्वासको विषयमा कुरा गर्दा आयुष्मानले आफ्नो नाममा थपिएका अक्षर चाहिँ बाबुका कारण भएको बताएका छन् । तर, सँगसँगै उनले भनेका छन् कि उनी सधैं आफूसँग भागवत गीता लिएर हिँड्छन् । बेडरुमदेखि सुटिङ स्पटसम्म पनि आफूसँग भागवत गीता नछुट्ने उनले बताएका छन् । कुनै विशेष काम गर्दा सम्मान गरेर त्यसलाई छुने पनि उनले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।