गोलकिपरलाई नयाँ पुरस्कार

एजेन्सी— फ्रान्सको एक फुटबल पत्रिकाले गोलकिपरका लागि मात्रै दिने भन्दै नयाँ पुरस्कारको घोषणा गरेको छ । 

तत्कालीन सोभियत संघका गोलरक्षक लेभ यसिनको सम्मानस्वरुप यो पुरस्कारको नाम पनि यसिन ट्रफी राखिएको छ । यसिन ब्यालोन डि ओर जित्ने एक मात्र गोलकिपर हुन् ।

यसअघि यो पत्रिकाले वर्षभरका सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीलाई पुरस्कार दिँदै आएको थियो । यसपटकका लागि यी तिनै पुरस्कारका लागि खेलाडीहरुको अन्तिम सूची अक्टोबर २१ मा घोषणा गरिने पत्रिकाले जनाएको छ । पुरस्कृतहरुलाई २ डिसेम्बरमा पुरस्कार वितरण गरिनेछ ।





  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार १६:१५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया