चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति

भरतपुर— लामो समयदेखि विद्यार्थीहरुको आन्दोलनका कारण पठनपाठन बन्द भएको चितवन मेडिकल कलेजमा अब आइतबारबाट पढाइ सुरु हुने भएको छ । तीन सातादेखि विद्यार्थीहरु कलेजले सरकारले तोकेको भन्दा धेरै रकम लिएको भन्दै आन्दोलनमा उत्रिएका थिए । शनिबार दिनभर भएको वार्ताले आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच सहमति निकालेको मेडिकल कलेजका सिइओ प्रताप देवकोटाले जानकारी दिए ।

मेडिकल कलेज, विद्यार्थी र चितवन प्रशासनबीच भएको वार्तामा मेडिकल कलेजले विद्यार्थीहरुलाई ३० दिनभित्र बढी लिएको शुल्क फिर्ता दिने सहमति जनाएको हो । 

बैठकले शुल्कसम्बन्धी अध्ययन गर्न जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालयका एक(एक जना प्रतिनिधि, चितवन मेडिकल कलेजका दुई जना प्रतिनिधि, आन्दोलनरत विद्यार्थीका दुई जना प्रतिनिधि र अभिभावकको तर्फबाट एक जना प्रतिनिधि रहेको कार्यदल गठन गरिएको छ । कार्यदलले थप शुल्क लिए नलिएको अध्ययन गरेर असोज १० गतेभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाउने छ ।  

आन्दोलनरत विद्यार्थीका अगुवा प्रकाश चन्दले भने सहमति कार्यान्वयन नभए फेरि आन्दोलन थाल्ने बताए । उनले भने, ‘सहमति हुँदैमा कार्यान्वयन भइहाल्छ भन्ने विश्वास छैन, यदि कार्यान्वयन भएन भने फेरि आन्दोलन अघि बढाउँछौं ।





  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार १८:४२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया