ग्रानाडासँग बार्सिलोना पराजित

एजेन्सी— ला लिगा अन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले नमीठो हार व्यहोरेको छ । ग्रानाडाको पोस्टमा बार्सिलोनाले एक गोल पनि गर्न सकेन । तर, ग्रानाडाले बार्सिलोनाको पोस्टमा दुई पटक जाली चुमायो ।

खेल सुरु भएको दुई मिनेटमा नै रामोन अजिजले गोल गर्दै ग्रानाडालाई अग्रता दिलाएका थिए । खेलको ६६ औं मिनेटमा भडिलोले गोल गरे र ग्रानाडाको अग्रता दोब्बर बनाए । त्यसबाहेक कुनै टोलीले कुनै गोल गर्न सकेन ।

यो जितसँगै ग्रानाडा लिग तालिकाको पहिलो स्थानमा पनि उक्लिएको छ । पराजित बार्सिलोना चाहिँ सातौँ स्थानमा छ ।

ला लागिमा हिजो भएको अर्को खेलमा एथ्लेटिको मड्रिड र सेल्टा डि भिगोले गोलरहित बराबरी खेले । आज ला लिगामा सेभिल्ला र रियल मड्रिडको खेल हुँदैछ । 





  • प्रकाशित मिति : असोज ५, २०७६ आइतबार ९:२६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया