जब मोदीले भुइँमा खसेको फूल आफैं उठाए

एजेन्सी— स्वच्छताको विषयमा भारतमा निकै धेरै प्रवचन दिइरहेका प्रधानमन्त्री नरेन्द्र मोदी अहिले अमेरिकामा छन् । उनी हाउडी मोदी नामक कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका हुन् । 

अमेरिकी विमानस्थलमा मोदीले जे गरे, त्यसले अहिले निकै ठूलो प्रशंसा बटुलिरहेको छ । खासमा उनी जर्ज बुस अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । त्यहाँ शनिबार पुगेपछि उनलाई केही व्यक्तिहरुले स्वागत गर्न आएका थिए । 

स्वागतमा मोदीलाई केही फूलका गुच्छा दिइएको थियो । एउटा गुच्छाबाट फूल भुइँमा खस्यो । मोदीले कुनै प्रतिक्रिया नदिइ वा ढिला नगरी त्यो फूल टिपे । यसलाई लिएर मोदीको भारतमा र विदेशमा समेत निकै प्रशंसा भइरहेको छ ।

बिल एन्ड मिलिन्डा गेट्स फाउन्डेसनमा प्रधानमन्त्री मोदीलाई ग्लोबल ग्लोकिपर्स अवार्डमा सम्मानित पनि गरिँदै छ । 





  • प्रकाशित मिति : असोज ५, २०७६ आइतबार १२:२७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया