गाउँपालिका कार्यालयमा तालाबन्दी
साङ्केतिक तस्वीर

बर्दिया— शेष गाउँसभाको माग गर्दै बर्दियाको गेरुवा गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिकाका वडाध्यक्षसहित जनप्रतिनिधिहरुले विशेष गाउँसभाको माग गर्दै तालाबन्दी गरेका हुन् । 

वडाध्यक्ष र सदस्यहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै आइतबार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा  शाखामा तालाबन्दी गरेका हुन् ।

आर्थिक वर्ष ०७६।०७७ को निती तथा कार्यक्रम र बजेट झुक्याएर पास गरीएको,   शिक्षा कार्यबिधि लगाएतका ऐन निर्माण थाहा नदिई पास गरेको, प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरुको सेवा सुविधा अनावश्यक रुपमा थप गरीएको, शिक्षक निर्देशिका विपरित अनावश्यक शिक्षक र विषय थप गरी नयाँ शिक्षक विज्ञापन गरीएको भन्दै विरोधस्वरुप तालाबन्दी गरिएको विज्ञप्तीमा जनइएको छ । 

साथै, प्रमुख प्रशासकीय अधिकृतको सरुवा भइसकेपनि आर्थिक गतिबिधीमा संलग्न भइरहेको आरोप लगाइएको छ ।

 गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिह के.सीले भने गाउँपालिका कार्यालयमा तालाबन्दी गर्दा जनप्रतिनिधिहरुले कुनै सल्लाह नगरी कर्तव्य र मर्यादा विपरीत तालाबन्दी गरेको बताए । गाउँ सभाले जनाताका चाहाना र आकांक्षा विपरीत कुनै पनि निर्णय नगरेको भन्दै जनप्रतिनिधिले नै कार्यालयमा ताला लगाउनु नैतिकताले नसुहाउने उनले बताए ।





  • प्रकाशित मिति : असोज ५, २०७६ आइतबार १४:३०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया