बझाङमा वडा कार्यालयमा आगजनी

बझाङ— बझाङ जिल्लाको केदार स्युँ गाँउपालिका ७ को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । शनिबार राति वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको केदार स्यूँ गाँउपालिकाकी उपाध्यक्ष निसा धामीले बताइन् । आगजनीबाट वडा कार्यालयमा रहेका सामान तथा कागजपत्रहरु जलेर नष्ट भएको छ । 

वडा कार्यालयमा आगजनी कस्ले र र किन गरेको हो भन्नेबारे खुलेको छैन् । घटनास्थलसम्म रायल प्रहरी चौकीबाट टोली प्ररीचालन गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश बमले जानकारी दिए । वडा कार्यालय पुग्न करीब चार पाँच घण्टाको पैदल यात्रा गनुपर्ने हुनाले प्रहरी पुगेपछी मात्र यर्थाथ विवरण पत्ता लाग्ने उनले बताए । 





  • प्रकाशित मिति : असोज ५, २०७६ आइतबार १४:३३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया