सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो

काठमाडौं– साताको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबारमापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०५ बिन्दु अर्थात् १.३९ प्रतिशतले घटेर एक हजार १३९.२५ बिन्दुमा पुगेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक २.४९ बिन्दु अर्थात् करिब एक प्रतिशतले घटेर २४९.७१ मा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत ओरालो लागेको छ । कुल १६६ कम्पनीको आठ लाख ४८ हजार ६ सय ६२ कित्ता सेयर २२ करोड ६९ लाख ५० हजार २ सय ३८ मूल्यमा खरिद–बिक्री भए । 

स्टकका अनुसार कारोबार भएका कुल ११ उपसमूहमध्ये आइतबार अन्य उपसमूहको मात्रै सेयर उकालो लागेको छ । बाँकी १० उपसमूहको सेयर भने ओरालो लागेको छ । अन्य उपसमूह ०.६८ बिन्दुले बढ्दा बैंकिङ ११.३३, होटल ६०.११, विकास बैंक १८.१९, जलविद्युत् २९.६, वित्त ४.५१, निर्जीवन बिमा १२४.२९, उत्पादन ६७.६, लघुवित्त ३०.३२, जीवन बिमा ८०.८८ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेका छन् । 

कारोबारका आधारमा आइतबार शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको एक करोड ८० लाख ६३ हजार ४ सय ४७ मूल्यमा खरिद बिक्री भई शीर्ष स्थानमा रहेको हो । यस्तै गण्डकी विकास बैंकको संस्थापक सेयर एक करोड ६५ लाख ६२ हजार ५ सय ९८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर एक करोड ४९ लाख १९ हजार ९ सय ५४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एक करोड एक लाख ६२ हजार ७ सय २५, लक्ष्मी बैंक ७६ लाख ४९ हजार र नेपाल बैंक लिमिटेडको ६८ लाख ५१ हजार १ सय ४ मूल्यमा खरिद बिक्री भई शीर्ष स्थानमा रहेको छ । 

स्टकका अनुसार आइतबार बेस्ट फाइनान्स कम्पनीका सेयरधनीले ४.५५ प्रतिशतले कमाउँदा विजय लघुवित्त वित्तीय संस्था ३.१०, सिटी एक्सप्रेस फाइनान्स ३.०३, युनिभर्सल पावर कम्पनी २.५६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर १.९७ र कर्पोरेट डेभलपमेन्ट बैंक १.८३ प्रतिशतका दरले कमाए । यस्तै रिलायन्स फाइनान्स ८.३३, जोशी हाइड्रो पावर ८.०६, समता माइक्रोफाइनान्स वित्तीय संस्था ७.२३, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ६.७४, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ६.२३ र रिडी हाइड्रो डेभलपमेन्ट कम्पनीका शेयरधनीले ५.५५ प्रतिशतले गुमाएका छन् । 





  • प्रकाशित मिति : असोज ५, २०७६ आइतबार १७:१५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया