दक्षिण अफ्रिका–भारत सिरिज बराबरीमा

एजेन्सी– दक्षिण अफ्रिका र भारतबीच बैंगलुरुमा हिजो भएको तेस्रो टी–२० खेलमा दक्षिण अफ्रिकाले भारतविरुद्ध सहज जित निकालेको छ । योसँगै दक्षिण अफ्रिका र भारतबीचको ३ खेलको सिरिज १–१ को बराबरीमा टुङ्गिएको छ । भारत र दक्षिण अफ्रिकाबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

हिजोको खेलमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा १ सय ३४ रनमात्र बनाउन सक्यो । भारतका लागि कुनै पनि ब्याट्सम्यानले खासै धेरै स्कोर गर्न सकेनन् । भारतका सबै ब्याट्सम्यानले ४० भन्दा कम मात्र योगदान दिन सके । 

भारतका लागि शिखर धवनले ३६, ऋषभ पन्त तथा रबिन्द्र जडेजाले समान १९, हार्दिक पाण्डेयले १४, कप्तान विराट कोहली र रोहित शर्माले समान ९ रन, श्रेयस अयरले ५, कुणाल पान्डेय तथा वासिङ्टन सुन्दरले समान ४ रन तथा दिपक चहार र नवदिप शैनीले अबिजीत रहँदै कुनै पनि रन बनाउन सकेनन् ।

बलिङतर्फ दक्षिण अफ्रिकाका लागि कगिसो रवाडाले ३, बोज्रोन फर्चुनले तथा ब्युरन हेन्डरिक्सले समान २ विकेट र तावरिज शामीले १ विकेट लिए । 

१३५ रनको लक्ष्य पाएर मैदानमा उत्रिएको दक्षिण अफ्रिकाले १६.५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो । दक्षिण अफ्रिकाकालागि कप्तान क्वाइन्टन डि ककले ५२ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ७९ रनको उत्कृष्ट पारी खेले । त्यस्तै, रिजा हेन्डरिक्सले २८ तथा तेम्बा बावुमाले २८ रनको योगदान गरे । 

बलिङमा भारतका लागि एक विकेट हार्दिक पाण्डेयले लिएका थिए । खेलमा ७९ रन बनाएका डि कक नै उत्कृष्ट खेलाडी घोषित भए । 





  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार ९:१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया