सलमानसँगको प्रेमबारे क्याट्रिनाले यसो भनिन्

एजेन्सी—  सलमान खान र क्याट्रिना कैफको जोडीलाई रिल लाइफमा धेरैले मन पराएका हुन्छन् । यो जोडी रियल लाइफमा पनि कुनै समय जमेको थियो । जुन फिल्ममा यी दुईले काम गरेका छन्, ती फिल्महरु हिट पनि भएका छन् । 

अब केही दिनपहिले क्याट्रिनाले सलमानसँगको आफ्नो सम्बन्धबारे बताएकी छिन् । क्याट्रिनाले इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘म र सलमान राम्रो साथीबाहेक अरु केही होइनौँ । हामी दुई पछिल्ला १६ वर्षदेखि साथी भएका छौँ । उनी सधैं मलाई समर्थन गर्छन् । उनी एक राम्रा मानिस पनि हुन् र राम्रो साथी पनि ।’

क्याट्रिनाले आफूले सहयोग माग्दा सलमान खानले सधैं सहयोग गरेको पनि बताएकी छिन् ।

यी दुई पछिल्लो पटक फिल्म भारतमा सँगै देखिएका थिए । फिल्मले बलिउडको बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो ।
 





  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार ९:२६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया