प्रचण्ड भन्छन्— अब अर्को आन्दोलन चाहियो

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्को ‘फौजी’ आन्दोलन चाहिएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी आफ्नो आदर्शबाट च्यूत भइरहेको त छैन भनेर समीक्षा गर्दै अर्को आन्दोलनको महसुस भएको उनले बताएका हुन् । 

सोमबार राजधानीमा नेतृ सहाना प्रधानको पाँचौ स्मृतिमा आयोजना गरिएको कार्यक्रममा प्रचण्डले सत्ता सन्चालनमा पुगेपछि आदर्श र विचारबाट थाहै नपाइ पार्टी स्खलित हुँदै गइरहेको त होइन भन्नेबारे पनि प्रश्न उठाए । 

उनले भने, ‘के हामीले हिजो भनेको आर्दशमा नै छौँ त ?’ उनले थपे, ‘हामीलाई अब अर्को आन्दोलन चाहिएको छ, अर्को मिसन चाहिएको छ, अर्को अभियान चाहिएको छ । र, सम्पूर्ण ताकत लगाउने फौज चाहिएको छ ।’ उनले यस्तो हुन नसकेको खण्डमा नेपालको कम्युनिस्ट आन्दोलन वा पार्टीको पनि पूर्वी युरोपका कम्युनिस्ट पार्टीको जस्तै अवसान हुने बताएका छन् । 

‘अहिले विकासका कुरा धेरै भएका छन्,’ उनले भने, ‘तर, व्यवहारमा त्यस्तो देखिएको छैन । भन्ने ठूलो कुरा होइन, के गर्ने भन्ने ठूलो कुरा हो, भन्न त जे पनि सकिन्छ नि ।’ उनले कम्युनिस्टलाई जनताले लामो समयदेखि गरिब र उत्पीडित न्याय स्वतन्त्रता तथा समानताका लागि लडेको भनेर जनताले भोट दिएको पनि बताए ।





  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार १३:९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया