३ लाखभन्दा महंगो प्रियंकाको ‘सानो’ झोला

एजेन्सी— बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो आउटफिटका कारण पनि बारम्बार चर्चामा आइरहेकी हुन्छिन् । त्यसो त उनी कपडाको विषयमा निकै चुजी पनि छिन् । उनको झोलादेखि लिएर उनले लगाउने फेसनेबल कपडाको चर्चा सधैं भइरहेको हुन्छ । 

अब अहिले पनि उनको झोलाको निकै चर्चा बढिरहेको छ । केही दिनअघि उनी एक कार्यक्रममा सहभागी भएकी थिइन् । त्यो कार्यक्रममा उनी एउटा झोला लिएर पुगेकी थिइन् । यो झोला देख्दा त सानो थियो तर यसको मूल्य निकै महंगो छ । 

त्यसैले पनि हुनुपर्छ, अहिले सामाजिक सन्जालमा यसको निकै चर्चा बढिरहेको छ । किनकि यो झोला उनले २ लाख ६ हजार भारतीय रुपैयाँमा किनेकी हुन् । त्यसैले हुनुपर्छ, उनको झोलाको चर्चा भारतीय सामाजिक सन्जाल प्रयोगकर्ताले निकै गरिरहेका छन् । 

प्रियंका अहिले फिल्म द स्काइ इज पिंकको प्रमोसनका लागि भारतमा छिन् । विवाह गरेपछि प्रियंकाको यो पहिलो फिल्म हो । 





  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार १३:२०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया