काठमाडौं— राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्ष पुगेका छन् । उनी सन् १९७६ असोज ७ गते लमजुङमा जन्मिएका थिए ।
घिमिरेको पहिलो प्रकाशित कविता संग्रह नवमञ्जरी सन् १९९४ मा छापिएको थियो । त्यसयता उनका दुई दर्जनभन्दा बढी पुस्तकहरु प्रकाशित भएका छन् ।
उनको गौरी शोककाव्य निकै चर्चित छ । यो शोककाव्य उनले आफ्नी पहिलो श्रीमती गौरीको निधन भएपछि लेखेको थिए । गौरीको निधन २००४ सालमा भएको थियो । त्यसपछि माधव घिमिरेले २००५ सालमा महाकालीसँग विवाह गरे ।
राष्ट्रकवि घिमिरे सय वर्षको उमेर पुगेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई घरमै पुगेर शुभकामना दिएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।