फिफा उत्कृष्ट खेलाडीमा मेसी, रोनाल्डो र भान डिक अन्तिम ३ मा

एजेन्सी— वर्षको उत्कृष्ट फिफा बर्ष खेलाडी पुरुषतर्पm अर्जेन्टिना तथा बार्सिलोनका स्ट्राइकर लियोनल मेसी, पोर्चुगल तथा युभेन्टसका स्ट्राइकर क्रिश्चियानो रोनाल्डो तथा नेदरल्याण्डस् तथा लिभरपुलका डिफेन्डर भर्गिल भान डिक अन्तिम ३ मा मनोनित भएका छन् । 

 

लियोनल मेसी 

लियोनल मेसीले गत सिजन बार्सिलोनालाई ला लिगा जिताउन, कोपा डेल रेको फाईनल तथा च्याम्पियन्स लिगको सेमिफाईनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको कप्तानीमा अर्जेन्टिनाले  कोपा अमेरीकामा तेस्रो स्थान हासिल ग¥यो । उनी ला लिगामा सबैभन्दा गोल तथा गोलका लगि अवसर सृजना गर्ने खेलाडी बनेका थिए । 

 

क्रिश्चियानो रोनाल्डो



क्रिश्चियानो रोनाल्डोले गत सिजन युभेन्टसलाई सिरी ए तथा इटालियन सुपर कप जिताउन महत्वपूर्ण भूमिका खेले । रोनाल्डोकै कप्तानीमा पोर्चुगलले युएफए नेसन लिगको उपाधि जितेको थियो । उनी सिरी ए तथा नेसन लिगमा सर्वाधिक गोलकर्ता पनि भएका थिए ।

 



भर्गिल भान डिक    

भर्गिल भान डिकले गत वर्ष लिभरपुललाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भुमिका खेले । उनले नेदरल्याण्डस्लाई नेसन लिगको फाइनलसम्म पुर्याए । 
त्यस्तै महिला तर्फ लुसी ब्रोन्ज, एलेक्स मोर्गान तथा मेग्ना रापिनोइ अन्तिम तीनमा परेका छन् । फिफाले आइतबार राति अन्तिम तीनको घोषणा गरेको हो । 
 

  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार १४:५३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया