काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको जानकारी गराएका छन् । लगानीअनुसार प्रतिफल प्राप्त नभएको भनदै सरकारले कर्मचारी कटौती गर्न लागेको हो ।
मन्त्री लालबाबु पण्डितले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको स्पष्ट पारे । निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिबद्धता पनि व्यक्त गर्दै उनले सेवा–सुविधा मात्रै मागेर निजामती कर्मचारीले हैरान पारेको गुनासो गरे ।
निजामती कर्मचारीको सेवा–सुविधामा केही कमी आउनुको प्रमुख कारण नै उनीहरूको संख्या बढ्दै जानु भएके प्रस्ट पार्दै उनले त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।