काठमाडौंमा सञ्चालित होटेलहरुलाई करमा भारी छुट

काठमाडौं– काठमाडौं महानगरपालिका काठमाडौंमा सञ्चालित होटेलहरुलाई करमा भारी छुट दिन तयार भएको छ । यससँगै दुई पक्षबीचको घरजग्गा सम्पत्ति कर विवाद हाललाई समाधान भएको छ । 

सहमतिअनुसार होटेलले अघिल्लो आव २०७५–७६ मा तिरेको कर पर्यटन प्रवद्र्धनमा खर्च गर्ने र चालू आव २०७६–७७ को करमा ६५ प्रतिशत छुट दिन महानगरपालिका तयार भएको छ । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका होटेल र रिसोर्टको घरजग्गा र सम्पत्ति कर असुल गर्छन् । 

असोज मसान्तसम्ममा चालू आवको कर तिरेमा महानगरले थप १० प्रतिशत छुट दिने सहमति भएको छ । व्यवसायीले असोज मसान्तसम्म चालू आवको कर तिरेमा समग्रमा ७५ प्रतिशत छुट हुने भएको हो ।

होटेलहरुसँग आव २०७५–७६ मा उठाएको करको ६५ प्रतिशत रकम संयुक्त कोष खोलेर राखिने र होटेल संघ नेपाल (हान)सँगको समन्वयमा पर्यटन प्रवद्र्धनमा खर्च गर्ने सहमति महानगरपालिकाले गरेको छ । 

महानगरपालिकाले दिएको सुविधा उपयोग गर्न र नेपाल भ्रमण वर्षलाई समेत सहयोग पुग्ने गरी काम गर्न संघले आफ्ना सदस्यलाई आग्रह गरेको छ । 





  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार १७:९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया