के बिग बोस १३ मा सहभागी हुँदैछिन् अमिषा पटेल ?

एजेन्सी— भारतीय टिभीमा सबैभन्दा चल्ने कार्यक्रममध्ये एक हो, बिग बोस । बिग बोसको १३ औं सिजनको अब विस्तारै कुरा हुन थालेको छ । कुरा हुन थालेको मात्र होइन, यसको त उल्टो गन्ती सुरु भएको छ भन्न पनि सकिन्छ । २९ सेप्टेम्बरबाट सुरु हुने बिग बोस यसपटक पनि अभिनेता सलमान खानले होस्ट गर्दैछन् ।

यस विषयमा जानकारी दिन कलर्स च्यानलले एउटा प्रेस कन्फ्रेन्स गरेको पनि थियो । कन्फ्रेन्समा सलमान खानले मात्र होइन, पूर्व बिग बोस प्रतियोगी सना खान, पूजा बनर्जीले पनि भाग लिएका थिए । र, सँगसँगै थिइन् अमिषा पटेल ।

अमिषा पटेल पनि प्रेस कन्फ्रेन्समा देखिएपछि अब भारतमा के अनुमान गर्न थालिएको छ भने उनी पनि बिग बोस १३ मा सहभागी हुँदैछिन् । तर, प्रतियोगी बनेर होइन, सलमानसँगै कार्यक्रम होस्ट गरेर । 





  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार २०:२४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया