कस्तो बन्दैछ नागढुङ्गा सुरुङमार्ग ?
साङ्केतिक तस्वीर

काठमाडौं– धादिङको सिस्नेखोलादेखि काठमाडौं नागढुंगा जोड्नका लागि सुरुङमार्ग निर्माण हुने भएको छ । यसका लागि नेपाल सरकारले जापानी कम्पनी हाज्मा आन्दो जेभीसँग ठेक्का सम्झौता गरेको छ । 

सम्झौताअनुसार अब तिहारपछि काम सुरु हुँदैछ । यो काम साढे ३ वर्ष अर्थात् ४२ महिनामा सकाउने सम्झौता भएको छ ।

हाज्माले यो सुरुङमार्ग १५ अर्ब २५ करोडको लागतमा बनाउन लागेको हो । सुरुङमार्ग बनाउनका लागि विस्फोटक पदार्थ पनि प्रयोग हुने भएको छ । 

यो सुरुङमार्ग जापान सरकारले गरेको डिजाइनअनुसार नै बन्न लागेको हो । यसका लागि जापानले सरकारले नै ऋण पनि उपलब्ध गराउने सम्झौता भइसकेको छ । यो ऋण नेपालले ४० वर्षमा तिरिसक्नु पर्नेछ । 

जापानी कम्पनीले बनाउन लागेको यो सुरुङमार्ग २.३५ किलोमिटर लामो हुने डिपिआर तयार भएको छ । यो सुरुङमार्ग निर्माण भएपछि धादिङबाट आउने समय निकै कटौती हुनेछ । अहिले उकालो र घुमाउरो बाटो भएकाले कयौँ सवारीहरुलाई नौबिसेबाट काठमाडौं आउनकै लागि केही घन्टा लाग्छ । 

यसअघि बनेको डिपिआरअनुसार यो सुरुङमार्ग १२ मिटर चौडाइको हुनेछ । सडकको दुवैतर्फ पैदलयात्रुका लागि एक मिटरको पेटी पनि छुट्ट्याइने सम्झौता भएको छ ।



यो सुरुङमार्गको काम समयमा नै सकिने किन विश्वास गरिएको छ भने यसअघि हाज्माले कोटेश्वर सूर्यविनायक सडक खण्डलाई आठ लेनमा विस्तार गर्ने कार्य समयमा नै सकेको थियो । बिपी राजमार्ग पनि यही कम्पनीले बनाएको हो ।



  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार २२:१४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया