बिजुक्छे फेरि नेमकिपा अध्यक्षमा सर्वसम्मत छानिए

काठमाडौं— नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को सातौं अधिवेशनबाट अध्यक्षमा नारायणमान बिजुक्छे अध्यक्षमा निर्वाचित भएका छन् । उनी पार्टीको स्थापनाकाल देखिकै अध्यक्ष हुन् । यसपटक पनि उनी सर्वसम्मत रुपमा छानिएका हुन् । 

भक्तपुरमा चलिरहेको नेमकिपाको महाधिवेशनको सोमबार बन्दसत्र थियो । सोही बन्दसत्रले बिजुक्छेसहित २५ केन्द्रीय समिति चयन गरेको हो । 

नयाँ निर्वाचित कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही रहेका छन् ।

त्यस्तै, सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्र बहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह पनि सदस्यमा निर्वाचित भएका छन् । कृष्णबहादुर तामाङ र मुक्ति यादव वैकल्पिक सदस्यमा निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि बिजुक्छेले कम्युनिष्ट पार्टीको नाममा नेकपाले जनतालाई छलछाम गरेर झुक्याएको बताए । 





  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार २२:४८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया