स्वादिलो खाना बनाइदिने रोबोट

एजेन्सी— सन् १९८० को दशकमा एउटा हलिउड फिल्म आएको थियो— ब्लेड रनर । त्यो फिल्ममा सन् २०१९ को कथा लेखिएको थियो । अर्थात्, फिल्ममा कृत्रिम मानवको कल्पना गरिएको थियो । फिल्ममा जे कल्पना गरिएको थियो, पश्चिमी जापानमा त्यस्तै कामको विकास भइरहेको छ । 

त्यहाँ एक रोबोट वैज्ञानिक शिरोशी इशिगुरोको टिमले एउटा रोबोटको विकास गरेका छन् जसले जसले खाना पकाउने मात्र होइन, स्वादिलो खाना तयार पारिदिन्छ । 

इशिगुरोले रोबोटिक्स वा कृत्रिम मानवको सहयोगले मानिसलाई झन् सहज हुने विश्वास लिएको बताएका छन् । उनले त भोलि एउटा यस्तो रोबोट बन्ने कल्पना गरेका छन् जुन ठ्याक्कै मान्छेसँग मेल खान्छ । त्यसो त जापानमा अहिले पनि खाना बनाइदिने रोबोट प्रयोग हुन थालिसकेको छ । जापानमा एउटा यस्तो रोबोटको प्रयोग भइरहेको छ जसले मानिसको चाहनाअनुसार स्वादिलो खाना बनाइदिन्छ ।





  • प्रकाशित मिति : असोज ७, २०७६ मंगलबार ९:४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया