कलाकार कसैको साथी हुन सक्दैनन्ः सनी लियोनी

एजेन्सी— फिल्म रागिनी एमएमएस २ तथा वान नाइट स्ट्यान्डमा काम गरेकी अभिनेत्री सनी लियोनी बलिउडमा आएको अब सात वर्ष भइसकेको छ । त्यसैले पनि हुनुपर्छ, उनले बलिउडका अधिकांशलाई अब चिन्न थालिसकेकी छिन् । 

३८ वर्षकी सनीले भनेकी छिन्, ‘मलाई यहाँ काम गर्न निकै खुसी लागिरहेको छ । म केही व्यक्तिहरुसँग पनि भेटिसकेकी छु । केहीलाई मैले थोरै बुझ्न पनि थालेकी छु । मलाई लाग्छ, खासमा एउटा कलाकार कसैको पनि साथी हुनसक्दैन, किनकि ऊ अत्यन्त व्यस्त भइरहेको हुन्छ ।’ उनले आफू पनि कसैको असलको साथी हुननसक्ने बताएकी छिन् । 

तर, उनले बलिउडमा निकै ठूलो प्रतिस्पर्धा  र खुट्टा तानातान भएको पनि बताएकी छिन् । उनी छिट्टै एउटा हरर फिल्ममा काम गर्दैछिन् ।





  • प्रकाशित मिति : असोज ७, २०७६ मंगलबार ९:२५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया