हलिउडमा किन जान चाहँदैनन् नवाजुद्दीन ?

एजेन्सी— बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी एक यस्ता अभिनेता हुन् जो आफ्नो मनको कुरा भन्न डराउँदैनन् । उनी आफ्नो मनमा लागेको कुरा प्रष्टसँग राख्छन् । 

त्यसैले हुनुपर्छ, उनले पछिल्लो समयका अन्तर्वार्ताहरुमा पनि निकै प्रष्ट भएर आफ्ना कुरा राखेका छन् । एक अन्तर्वार्तामा उनलाई सोधिएको थियो– तपाईं किन हलिउड नगएको ? हुन पनि पछिल्लो समय भारतीय कलाकारहरुमा हलिउडमा जाने मोह निकै बढिरहेको छ । 

‘जब मलाई भारतमा वा बलिउडमा नै राम्रो काम मिलिरहेको छ भने म हलिउड किन जाने ?’ उनले भनेका छन्, ‘हो, हलिउडबाट कोही आएर मलाई प्रस्ताव राख्दा चाहिँ मैले सोच्न सक्छु । अन्यथा त्यस विषयमा मैले सोचेको छैन ।’

नवाजुद्दीनले भारतमा र हलिउडमा भएको फरक चाहिँ अभिनेता र स्टारको भएको पनि बताएका छन् । ‘त्यहाँ अभिनेता नै स्टार भइरहेका छन् तर यहाँ कि कोही स्टार हुन्छन्, कि अभिनेता,’ उनले भनेका छन्, ‘जब अभिनेतालाई लिएर ८० करोडका फिल्म बन्छन्, अनि बल्ल उनीहरु पनि स्टार बन्न थाल्छन् ।’





  • प्रकाशित मिति : असोज ७, २०७६ मंगलबार ९:२५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया