मस्कुलर डिस्ट्राेफी फाउन्डेसनलाई जापानकाे सहयाेग

काठमाडाैं— जापान सरकारले डिस्ट्रोफी फाउन्डेसन नेपाल (एमडिएफ नेपाल) लाई अनुदान सहयोग गरेको छ । जापान सरकारको ‘ग्रासरुट ह्युमन सेक्युरेटी प्रोजेक्ट’ (जिजिपी) अन्तर्गत  प्रदान गरिने आर्थिक अनुदान सहयोगका लागि नेपालस्थित जापानी राजदूत मसामिची साइगोले एमडिएफ नेपालसँगको सम्झौतामा हस्तक्षार गरेका छन् । 

एमडिएफ नेपाल पुनस्र्थापना केन्दको काठमाडौं उपत्यकामा निर्माण हुने भवनमध्येको एक ब्लक निर्माणका लागि जापानले सहयोग गरेको हो । वंशानुगत रोगका कारणले मस्कुलर डिस्ट्रोफीले अपांगता भएका व्यक्तिको पुनर्स्थापना सुधार केन्द्रमार्फत दैनिक जीवन सरल बनाउने उद्देश्यले सुव्यवस्थित जिजिपी प्रोजेक्ट सञ्चालनमा भइरहेको संस्थाले जनाएको छ । 





  • प्रकाशित मिति : असोज ८, २०७६ बुधबार १०:८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया