ट्रम्पले मोदीलाई भने— फादर अफ इन्डिया

एजेन्सी— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबप्च मंगलबार भएको भेटघाटलाई भारतीय सन्चारमाध्यमले विशेष प्राथमिकता दिएका छन् । किनकि त्यो भेटघाटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोदीलाई ‘भारतका पिता अर्थात् फादर अफ इन्डियामात्र भनेनन्, भारतका एल्भिस प्रिस्लेसमेत भन्न भ्याए ।

त्यो भेटमा पत्रकारहरुले आतंकवादबारे प्रश्न सोध्दा ट्रम्पले यो सब काम मोदीले सम्हाल्न सक्ने पनि बताएका थिए । ट्रम्पले ट्विटरमा एउटा भिडियो पनि राखेका छन् जसमा उनले मोदीलाई विशेष प्राथमिकता दिएका छन् । यो भिडियोमा ट्रम्पले अन्य देशका नेतासँग भएको भेटघाटलाई पनि समावेश गरेका छन् ।

‘भारत धेरै बाँडिएको थियो,’ ट्रम्पले भनेका छन्, ‘तर, मोदीले सबैलाई साथमा राखेका छन् । जसरी एउटा पिताले सबैलाई साथमा राख्छन्, त्यसैले मोदीलाई भारतका पिता भन्न सकिन्छ ।’

यतिमात्र होइन, ह्युस्टनमा भएको हाउडी मोदी कार्यक्रमबारे पनि ट्रम्पले फेरि बोलेका छन् । ‘त्यो कार्यक्रम देख्दा लाग्थ्यो, मोदी भारतका एल्भिस प्रिस्ले हुन्,’ ट्रम्पले पाकिस्तान र भारतको प्रसंग पनि जोडेका छन्, ‘ट्रम्प र मोदीले एकअर्कालाई विशेष रुपमा चिन्नेछन्, मैले मध्यस्थता गरेर अहिलेको समस्याको कुनै समाधान पक्कै निकाल्न सकिनेछ ।’

ट्रम्पसँगै पत्रकार सम्मेलनमा बसेका मोदीले चाहिँ आफूहरुले बारम्बार पाकिस्तानलार्य सुध्रने मौका दिएको जिकिर गरेका छन् ।





  • प्रकाशित मिति : असोज ८, २०७६ बुधबार १०:८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया