जनकपुर— धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवकुमार महतो, उनकी श्रीमती र अर्को एकजना कामदार रहेका छन् ।
स्थानीय ठाउँमा नै एक होटल चलाउने महतोहरु सुतिरहँदा करेन्ट सर्ट भएर तार खसेको थियो । त्यसपछि करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । महतोले बुधबार विहान ढिलोसम्म होटल नखोलेपछि स्थानीय हेर्न पुग्दा उनीहरु मृत अवस्थामा भेटिएका थिए ।
तीनैजनाको शव अन्चल अस्पतालमा पुर्याइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।