बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१२ भोटेबहालमा बुधबार बिहान बा५ख ७३११ नम्बरको यात्रुबाहक बसको ठक्करबाट पर्सा घर भई काठमाडौं भोटेबहाल बस्दै आएका ४० वर्षीय भीम लामाको मृत्यु भएको हो । 

प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर लामाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । 





  • प्रकाशित मिति : असोज ८, २०७६ बुधबार १५:२२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया