माधव नेपाल र मातृका यादवलाई कारबाही गर्न नेकपा नेताको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता मातृका यादवमाथि कारबाही गर्न नेकपाका प्रदेश तहका नेताले माग गरेका छन् । यसी उनीहरूमागिथ कारबाहीको माग गर्नेमा प्रदेश २ का अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेललगायत आठ जिल्लाका इन्चार्जहरू छन् । 

नेताद्वय नेपाल र यादवले प्रदेशमा आन्तरिक द्वन्द्व बढाएको र पार्टीकै कार्यक्रममा आक्रमण गर्न कार्यकर्तालाई उत्प्रेरित गरेको उनीहरूको आरोप छ । साह र प्याकुरेल नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल पक्षका नेता हुन् ।

प्रदेश तहका नेताहरूले मंगलबार बिहानअध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेललाई छुट्टाछुट्टै भेटेर नेपाल र यादवपक्षका अन्य नेताको गलत कामकारबाहीबारे पनि रिपोर्ट गरेका हुन् । 

उनीहरूले नेपाल पक्षका केन्द्रीय सदस्य गोपाल ठाकुर र जगत यादवलाई पदबाट हटाउन र तिलप्रसाद साह र रामचन्द्र झालाई सचेत गराउन पनि माग गरेका छन् । त्यसैगरी, नागेन्द्र चौधरी र महेन्द्र पासवानलाई प्रदेश सहइन्चार्जबाट हटाउनुपर्ने उनीहरूको माग छ ।

यसअघि भदौ २४ मा पदाधिकारीको शपथग्रहण कार्यक्रममा दुवै पक्षबीच झडप भएको थियो । झडपपछि नेपाल पक्षका १६ नेताले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ प्रदेश अध्यक्ष प्रभु साह, प्रदेश २ कै इन्चार्ज सत्यनारायण मण्डल, सचिव सुमन प्याकुरेललाई पदमुक्त गर्न माग गर्दै पार्टीको केन्द्रीय सचिवालयमा ज्ञापनपत्र बुझाएका थिए ।





  • प्रकाशित मिति : असोज ८, २०७६ बुधबार १७:११:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया