भारतीय विदेशमन्त्रीले पाकिस्तानलाई नाम दिए 'टेररिस्तान'

न्युयोर्क– भारतीय विदेशमन्त्री एस जयशंकरले पाकिस्तानलाई ‘टेररिस्तान’ भनेका छन् । अमेरिकाको न्युयोर्कमा एसिया सोसाइटीको एक कार्यक्रममा जम्मु–कस्मिर मुद्दामा बोल्दै जयशंकरले छिमेकी देश पाकिस्तानलाई आतंकी भूमिको उपमा दिएका हुन् । 

‘हामीलाई पाकिस्तानसँग वार्ता गर्न कुनै समस्या छैन, तर हामी टेररिस्तानसँग वार्ता गर्न सक्दैनौँ । त्यो लामो समयदेखि आतंकको गढ बनिरहेको छ,’ पाकिस्तानसँग वार्ताको सम्भावनालाई नकार्दै जयशंकरले भने ।

भारत र पाकिस्तानबीच जम्मु–कस्मिरको विषयमा सात दशकदेखि विवाद चलिरहेको छ । २० साउनमा भारतले आफूप्रशासित जम्मु–कस्मिरलाई दिइआएको विशेष राज्यको दर्जा खारेज गरेपछि भने समग्र भारत–पाक सम्बन्ध तनावको उत्कर्षमा छ । 





  • प्रकाशित मिति : असोज ८, २०७६ बुधबार १८:६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया