रअको अलर्ट– घुसपैठ गराउन पाक सेनाले ६० अफगानी आतंककारी भर्ती गर्यो

नयाँ दिल्ली– भारतीय गुप्तचर विभाग ‘रअ’ले जम्मु–कस्मिरमा हिंसा फैलाउन पाकिस्तानी सेनाले आफगानी आतंककारीहरु भर्ती गरिरहेको भन्दै अलर्ट जारी गरेको भारतीय मिडियाले बताएका छन् ।  

रअको अलर्ट भन्दै आएको मिडिया रिपोर्टअनुसार, पाक सेनाले ६० अफगानी आतंककारी भर्ती गरेको छ । पाकिस्तानी गुप्तचर एजेन्जी आइएसआईले अफगानी आतंककारीलाई पख्तुनख्वा भन्ने ठाउँमा ट्रेनिङ दिइरहेको छ । उनीहरुलाई भरत–पाक नियन्त्रण रेखा एलओसीबाट स–सानो समूहमा २४ देखि ४८ घन्टाभित्र घुसपैठ गराउने कोसिस हुनेछ । यी सबैले जम्मु–कस्मिर र पन्जाबमा आत्मघाती हमला गर्न सक्छन् । 

यसअघि, भारतको पन्जाब प्रहरीले ९ देखि १६ सेप्टेम्बरभित्र पाकिस्तानबाट पन्जाब र जम्मु–कस्मिरमा ८ चिनियाँ ड्रोन र ८० किलो विस्फोटक पदार्थ पठाइएको बताएको थियो । पाकिस्तानी आतंककारी संगठनहरु जम्मु–कस्मिरमा ठूलो हिंसाको षड्यन्त्र रचिरहेका भन्दै उसले पन्जाबमा पनि केजेडएफ भन्ने आतंककारी संगठन पुरानो हिंसा फेरि स्थापित गर्ने कोसिसमा रहेको बताएको थियो । 

२२ सेप्टेम्बरमा पन्जाबको तरनतारनबाट भारी मात्रामा हातहतियार र विस्फोटक पदार्थसहित ४ आतंककारी पक्राउ परेका थिए । उनीहरुसँगको अनुसन्धानपछि पन्जाब प्रहरीले यस्तो निष्कर्ष दिएको हो । 





  • प्रकाशित मिति : असोज ८, २०७६ बुधबार १९:१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया