[ग्लोबल आइएमई–जनता मर्जर] सेयर अनुपात १००:८५, नाम ग्लोबल आइएमई, आइएमईका अध्यक्ष, जनताका सिइओ

काठमाडौं– २० असारमा मर्जरमा जाने सहमति गरेका ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाललाई आपसमा गाभिन नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । अब, तीन महिनाभित्र यी दुई वाणिज्य बैंकले मर्जर पूरा गरी एकीकृत कारोबार थाल्नुपर्नेछ । दुवै बैंकले मर्जरको तयारी तीव्र पारेको बताएका छन् । 

मर्ज हुँदा ग्लोबल आइएमई र जनताको सेयर स्वामित्वको अनुपात १०० ः ८५ हुनेछ । मर्जरपछि बन्ने बैंकको नाक ग्लोबल आइएमई नै रहनेछ । सिइओ भने जनता बैंकका परशुराम कुँवर रहनेछन् । ग्लोबल आइएमईका कार्यवाहक सिइओ महेश ढकाल डेपुटी डेपुटी सिइओ बन्नेछन् । 

एकीकृत बैंकको अध्यक्षमा ग्लोबल आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल रहने सहमति भएको छ । सञ्चालक समितिको भने टुंगो लागेको छैन ।

हाल ग्लोबल आइएमईको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख छ । जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ करोड रुपैयाँ छ । मर्जरपछि बन्ने बैंक पुँजीका हिसाबले देशकै ठूलो बैंक हुनेछ । 





  • प्रकाशित मिति : असोज ८, २०७६ बुधबार २०:१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया