सलमान महान्: प्रियंका

एजेन्सी— बलिउड अभिनेत्री प्रियंका चोपडाले सलमान खानसँग आफ्नो कुनै विवाद नभएको मात्र बताएकी छैनन् । उनले सलमान खान निकै गम्भीर मानिस भएको पनि प्रशंसा गरेकी छिन् ।

तीन वर्षपछि फिल्म ‘द स्काई इज पिंक’ लिएर ठूलो पर्दामा देखिन थालेकी प्रियंकाले सलमान खानसँग फिल्म भारतमा काम गर्ने कुरा थियो । 

तर, उनको निक जोनससँग विवाह भएपछि उनलाई सलमानको फिल्मबाट ‘ब्याकआउट’ गरिएको थियो । सलमान खानले पनि त्यति बेला विभिन्न विषयमा प्रियंकासँगका असन्तुष्टि भन्दै हिँड्न थालेका थिए । अब अहिले यी दुईबीच पनि खासै राम्रो सम्बन्ध नभएको बताइएको छ ।

‘मेरो र सलमानबीच कहिल्यै पनि विवाद भएन,’ प्रियंकाले भनेकी छिन्, ‘सलमानकी बहिनी अर्पितासँग मेरो गहिरो दोस्ती छ, मेरो विवाहको रिसेप्सनमा पनि सलमान आएका थिए । उनीबाट म सधैं प्रभावित छु, उनी महान् व्यक्ति हुन् ।’ सलमानको पछिल्लो फिल्म भारतमा प्रियंकाले काम नगर्ने बताएपछि चाहिँ त्यो फिल्मका लागि क्याट्रिनालाई लिइएको थियो ।





  • प्रकाशित मिति : असोज ९, २०७६ बिहीबार ९:२२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया