सलमानलाई मन परेन बिग बोसको नयाँ घर

एजेन्सी— बलिउडका सुपरस्टार हुन् सलमान खान । सलमान खान अब बिग बोसको १३ औं श्रृङ्खलाका लागि तयार भइसकेका छन् । तर, उनलाई बिग बोसकै एउटा कुरा चाहिँ चित्त बुझेको छैन । त्यो हो, बिग बोसको घर लोनावलाबाट गोरेगाउँ फिल्म सिटीमा सारिनु ।

उनले यही कार्यक्रमको प्रमोसनका लागि आयोजना गरिएको एक इभेन्टमा भनेका छन् कि यसरी रियालिटी सोको आयोवना फिल्म सिटीमा गरिनु खासै राम्रो होइन । उनले त्यहाँ पुग्नका लागि पनि समय लाग्ने भएकाले बिग बोसका लागि पहिलेकै ठाउँ उपयुक्त हुने बताएका हुन् । 

त्यही कार्यक्रममा बिग बोसबारे सलमानले अर्को पनि जानकारी दिएका छन्– यसपटक बिग बोसमा आम मानिसहरु सहभागी हुने छैनन् । सेलेब्रिटीमात्र सहभागी यो कार्यक्रम २९ सेप्टेम्बरबाट सुरु हुँदैछ ।





  • प्रकाशित मिति : असोज ९, २०७६ बिहीबार ११:८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया