कात्तिक तेस्राे साता प्रदेश एकमा अन्तर्राष्ट्रिय चलचित्र महाेत्सब

विराटनगर— आगामी कात्तिक तेस्रो साता प्रदेश १ का विभिन्न सहरमा तीन दिने अन्तर्राष्ट्रिय चलचित्र महोत्वस आयोजना हुने भएका छन् । प्रदेश सरकार, स्विस विकास नियोग, धरान उपमहानगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा २२ देखि २४ कात्तिकसम्म अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको हो । निःशुल्क अन्तर्राष्ट्रिय चलचित्र महोत्वसको उद्घाटन धरानमा हुनेछ ।

विराटनगर, इटहरी, बिर्तामोड र दमकमा पनि विभिन्न चलचित्र प्रदर्शन गरिने चलचित्र महोत्वस मूल व्यवस्थापन समितिका संयोजक तथा प्रदेश सरकारका प्रमुख–सचिव सुरेश अधिकारीले बताए । उनका अनुसार महोत्सवमा नेपाल, स्विजरल्यान्डलगायत विभिन्न देशका उत्कृष्ट चलचित्र प्रदर्शन हुनेछन् ।

 चलचित्र महोत्सव आयोजनाका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा निर्देशक समिति, आन्तरिक मामिला तथा कानुनमन्त्रीको नेतृत्वमा मूल आयोजक समिति र प्रमुख सचिवको नेतृत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको अध्यक्षतमा चलचित्र छनोट उपसमिति, पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलको अध्यक्षतमा प्रचार–प्रसार समिति, धरान उपमहानगरपालिकाको अगुवाइमा महोत्सव स्थल व्यवस्थापन समितिलगायत उपसमिति गठन गरिएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईले महोत्सवमा नेपालकोतर्फबाट पहिलो चलचित्र आमासहित १० वटा पुराना र ओस्कारमा मनोनयन भएका चलचित्रहरू प्रदर्शन गरिने जानकारी दिए । महोत्सवमा चलचित्र प्रदर्शनसँगै कार्यपत्र प्रस्तुति, अन्तर्क्रिया  र प्यानल डिस्कस पनि हुने बताइएको छ । महोत्सव आयोजनाका लागि करिब एक करोड खर्च हुने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : असोज ९, २०७६ बिहीबार ११:४९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया