देउवा र अमेरिकी राजदूतकाे भेट
तस्वीर— कांग्रेस सभापति देउवाकाे फेसबुकबाट ।

काठमाडाैं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । बूढानीलकण्ठस्थित देउवा निवासमा बिहीबार बिहान दुबैबीच भेटवार्ता भएको हो । 

भेटवार्ताका क्रममा नेपाल–अमेरिकाबीचको सम्बन्धलाई थप मजबुद बनाउने, दुबै देशबीचको विकास साझेदारीलाई अझ प्रभावकारी रुपमा अघि बढाउने लगायतका विषयमा छलफल भएको छ । 

सभापति देउवाले अमेरिकी राजदूत बेरीसँगको भेटमा कैद गरिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्— अमेरिकी राजदूतसँग आज बिहान मेरो निवासमा भेट भयो । भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौंदेखिको विकास साझेदारी अझ प्रभावकारी रुपमा अघि बढाउने लगायत आपसी हितका विषमया छलफल भयो ।





  • प्रकाशित मिति : असोज ९, २०७६ बिहीबार १२:५५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया