आइसिसीको टी ट्वान्टी वरीयतामा पारस, वसन्त र सोमपाल

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा नेपालका कप्तान पारस खड्का २७औँ स्थानमा छन् ।आइसिसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका उनी अलराउन्डरतर्फ २७औँ स्थानमा यथावत् रहेका हुन् । 

कप्तान खड्काले ९० रेटिङ अंक पाएका छन् । उनी दुई महिनाअघि २५औँ स्थानमा थिए । त्यस्तै, ब्याटिङतर्फ भने कप्तान खड्का ६६औँ स्थानमा छन् । बलिङमा नेपाली टोलीका सदस्य रेग्मी ४ सय ११ रेटिङ पाउँदै ७३औँ स्थानमा पुगेका छन् भने कामी ३ सय ९१ रेटिङ पाउँदै ७८औँ स्थानमा झरेका छन् । त्यस्तै, अलराउण्डरतर्फ सोमपाल ६७औँ स्थानमा यथावत् रहेका छन् ।

उनले ४९ रेटिङ अंक पाएका छन् । आइसिसीको टोलीमा  टी ट्वान्टी वरीयतामा नेपाल ११ औँ स्थानमा यथावत् रहेको छ भने एक दिवसीय वारियतामा नेपाल १७ औँ स्थानमा रहेको छ । 





  • प्रकाशित मिति : असोज ९, २०७६ बिहीबार १५:५७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया