निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि सत्तारुढ नेकपासहित २१ दललाई चुनाव चिह्न प्रदान

काठमाडाैं– निर्वाचन आयोगले आगामी मंसिर १४ गतेका लागि उपनिर्वाचनकाे मिति घाेषणा गरेकाे छ । उपनिर्वाचनकाे मिति घाेषणा भएसँगै निर्वाचन आयोगमा २१ वटा नयाँ दल दर्ता भएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पनि नयाँ पार्टीको रुपमा मान्यता पाएकाे छ । ऋषि कट्टेल नेतृत्वकाे नेकपाले तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि बनेको पार्टीकाे नाम नेकपा राखेकाेमा आपत्ति जनाउँदै अदालत गए पनि साे मुद्दामा अदालतले कुनै निर्णय दिएकाे छैन ।

निर्वाचन आयोगमा तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी पनि नयाँ दर्ता भएको छ । यो दलले पाँच औँलासहिताको हत्केला चुनाव चिह्न पाएको छ ।

उपनिर्वाचनका लागि आयोगले बुधबारको निर्णयअनुसार विभिन्न नयाँ दललाई चुनाव चिह्न प्रदान गरेको हो । आयोगले साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (ने क पा), राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), जनमत पार्टी (जपा), नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, नेपाली काँग्रेस (वी. पी.), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामक राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ ।

कसकाे चुनाव चिह्न के ?

क्र.सं राजनीतिक दलको नाम राजनीतिक दललाई प्रदान गरिएको निर्वाचन चिह्न
       १. ग्रिन पार्टी नेपाल त्रिशुल
      २. नेपाल लोकतान्त्रिक पार्टी दुईहात जोडेको नमस्कार
      ३. राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) साँढे गोरु
      ४. नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सूर्य
      ५. समाजवादी पार्टी पाँच औला सहितको हत्केला
      ६. साझा पार्टी तराजु
      ७. राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) हलो
      ८. मुस्कान सेना नेपाल पुरुष
      ९. नेपाल परिवार दल साँचो
     १०. नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) हसियाँ
     ११. हाम्रो पार्टी धारा
     १२. मंगोल नेशनल अर्गनाइजेशन कुखुराको भाले
     १३. नेपालवाद तारापुञ्ज
    १४. संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल हवाइजहाज
     १५. नेपाली काँग्रेस (वी.पी.) करुवा
     १६. इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल ट्रयाक्टर
     १७. आमूल परिवर्तन मसिहा पार्टी, नेपाल ह्रृदय
    १८. राष्ट्रिय नागरिक पार्टी चंगा
     १९. जनमत पार्टी (जपा) लाउड स्पिकर
    २०. नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) हँसिया माथि धानको बाला खप्टिएको
     २१ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोलाकार भित्रको हँसिया हथौडा


 

 



  • प्रकाशित मिति : असोज ९, २०७६ बिहीबार १६:३१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया