एजेन्सी– भारतीय चर्चित क्रिकेटर युवराज सिंहले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको भविष्यको जिम्मा धोनी स्वयंलाई दिनुपर्ने बताएका छन् । उनले धोनीको सन्न्यासको बारेमा नचाहिँदो हल्ला बन्द गर्नुपर्ने बताएका छन् ।
‘धोनीले देशका लागि धेरै गरेका छन्, उनको सन्न्यासको बारेमा नचाहिँदो हल्ला तथा अड्कलबाजी नगर्दा राम्रो हुन्छ,’ विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीमा युवराजले भने ।
धोनी भारतको सर्वाधिक सफल कप्तान भएकाले सन्न्यासको घोषणा उनलाई नै गर्न दिनुपर्ने उल्लेख गर्दै सिंहले यसका लागि धोनीलाई समय पनि दिनुपर्ने बताए ।
साथै ऋषभ पन्तका सम्बन्धमा सोधिएको प्रश्नमा सिंहले पन्त एक युवा तथा प्रतिभाशाली खेलाडी भएकाले उनलाई कप्तान तथा मुख्य प्रशिक्षकले सही मार्गदर्शन प्रदान गर्न आवश्यक रहेको सुझाए ।
भारतीय क्रिकेटमा ऋषभ पन्तलाई धोनीको उत्तराधिकारीको रुपमा हेरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।