‘आफूभन्दा जेठी’ लिएर आए पहिलो नेपाल आइडल बुद्ध लामा

काठमाडौं– पहिलो नेपाल आइडल बुद्ध लामाले आफ्नो शैलीभन्दा केही फरक स्वादको ‘आफूभन्दा जेठी’ बोलको गीत सार्वजनिक गरेका छन । थिम्याटिक भर्सनको यस गीतले अचेल केटीले पैसाविना कसैलाई भाउ नदिने र आफूभन्दा जेठीलाई प्रेमिका बनाउने चलन आएको भन्ने भाव बोकेको छ । 

यस गीतमा बुद्ध लामा र समीक्षा कोइरालाको युगल गायन रहेको छ । गीतका शब्द मनोज सिग्देल (युरेश)ले लेखेका हुन् । गीतमा संगीत दीपक आरजेको रहेको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका छन् ।

म्युजिक भिडियोमा सम्पदा बानिया र मनोज  सिग्देल फिचर्ड छन् । सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफीमा तयार भएको यस भिडियोलाई चक्रबहादुर बराल (बाशु)ले छायांकन गरेका हुन् भने सम्पादन विनोद चौधरीको रहेको छ । 

सियोन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोलाई दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।





  • प्रकाशित मिति : असोज १०, २०७६ शुक्रबार १५:४५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया