चिन्ता लिनुपर्दैन, मन्त्रिपरिषद् पुनर्गठन हुँदा दोलखाले मन्त्री पाउँछ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अब मन्त्रिपरिषद् पुनर्गठन गर्दा दोलखाले मन्त्री पाउने आश्वासन दिएका छन् ।

शुक्रबार जिरी नगरपालिकाको नवनिर्मित कार्यालय भवनको उद्घाटनपछि सम्बाेधन गर्दै दाहालले भने, 'मन्त्री नहुँदा नै विकासमा पछि पर्नु नपर्ने हो । समानुपातिक विकास हुनुपर्ने हो । तर चिन्ता लिनुपर्दैन ।' 

दाहाल बाेल्नुभन्दा अघिका वक्ता देवी खड्का र पार्वत गुरुङले दोलखा जिल्लाले स‌ंघ र प्रदेशमा समेत मन्त्री पाउन नसकेको गुनासो गरेका थिए । उनीहरुकाे गुनासाे सम्बाेधन गर्ने क्रममा दाहालले भने, 'देवी खड्का र पार्वत गुरुङले दोलखा जिल्लाले संघ र प्रदेशमा समेत मन्त्री पाउन नसकेको गुनासो गर्नुभयो । पुनर्गठन हुँदा दोलखाले मन्त्री पाउनेछ ।' 

दोलखाजस्तो जिल्ला विकासमा पछि पर्नु नपर्ने भन्दै उनले देश–विदेशको ध्यान पुगेको दोलखा जिल्लाबाट सरकारमा प्रतिनिधित्व नहुनुमा नेतृत्वकै कमजोरी भएकाे स्वीकार गरे ।

नगरपालिकाको कार्यसम्पादनले सिंहदरबार जनताको घर आँगनमा आएको आभास भएको प्रचण्डको भनाइ राख्दै उनले साढे तीन करोड लागतमा नगरपालिकाले आफ्नो भवन निर्माण गर्नु त्यसकाे प्रमाण भएकाे बताए । 





  • प्रकाशित मिति : असोज १०, २०७६ शुक्रबार १७:१४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया