टी–ट्वान्टी सिरिजमा नेपाली क्रिकेट टोली जिम्बाबेसँग भिड्दै

काठमाडौं– सिंगापुरमा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली जिम्बाबेसँग खेल्दै छ । नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

इन्डियन क्रिकेट एसोसिएसनको मैदानमा केही बेरमा हुने खेलमा टेष्ट राष्ट्र जिम्बाबेसँग खेल्न लागेको नेपाली टोली सुखद् नतिजाको अपेक्षामा छ ।
 
सन् २०१४ मा टेष्ट राष्ट्र बंगलादेशविरुद्ध टी–ट्वान्टी विश्वकपमा खेलेको नेपाल दोस्रोपटक टेष्ट राष्ट्रविरुद्ध खेल्दै छ । जिम्बाबेविरुद्धको खेल नेपालका लागि ऐतिहासिक हुनेछ । 

नेपालले शरद भेषावकर र वसन्त रेग्मीलाई बाहिर राख्दै युवा खेलाडीलाई अवसर दिएको छ । जसका कारण नेपालका लागि खेल केही असहज हुन सक्छ ।

तर, जिम्बाबेका अनुभवी खेलाडी ब्रेन्डन र मोर्फु पनि टोलीमा समावेश नभएक कारण त्यसको फाइदा नेपालले उठाउने सम्भावना छ । 





  • प्रकाशित मिति : असोज १०, २०७६ शुक्रबार १७:२७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया