वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान गर्न कांग्रेस प्रतिबद्ध छ : देउवा

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीसँग भेटघाट गरेका छन् । 

भेटका क्रममा देउवाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्या समाधान गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

अहिले वैदेशिक रोजगारीको विकल्प नभएको भन्दै उनले देशको अर्थतन्त्रमा वैदेशिक रोजगारको महत्वपूर्ण भूमिका रहेको बताए । भेटका क्रममा उनले भने, ‘यस क्षेत्रमा रहेका समस्या समाधान गर्न नेपाली कांग्रेस व्यवसायीका साथमा छ ।’ 

देशमा पर्याप्त रोजगारीको अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले सुरक्षित, मर्यादित र व्यवस्थित रोजगारको क्षेत्रमा व्यवसायी लाग्नुपर्ने बताए । 

संघका नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद गैरेसहितका पदाधिकारी सभापति देउवालाई भेट्न बुढानीलकण्ठस्थित उनको निवास पुगेका थिए ।

केही दिनअघि सम्पन्न वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा कांग्रेसनिकट व्यवसायीको प्यानल विजयी भएको थियो ।





  • प्रकाशित मिति : असोज १०, २०७६ शुक्रबार १७:३८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया