एजेन्सी— भारतीय सिनेमामा लता मंगेशकरले आफ्नो आवाजले लाखौँलाई निकै मोहित बनाइन् । ८९ वर्ष पुगिसकेकी लता मंगेशकरले सन् १९४२ मा किटी हसालका लागि आफ्नो पहिलो गीत गाएकी थिइन् । उनले सबैभन्दा पहिले स्टेजमा कार्यक्रममा गर्दा २५ रुपैयाँ मात्र लिएकी थिइन् ।
लताको वास्तविक नाम चाहिँ हेमा हरिदकर हो । सानैदेखि उनी रेडियो निकै सुन्थिन् । १८ वर्षको हुँदा उनले आफ्नो पहिलो रेडियो किनेकी थिइन् । उनले त्यो रेडियो खोल्दा नै रेडियोमा समाचार आएको थियो— केएल सहगलको मृत्यु भयो । लतालाई यो अप्रिय समाचार सुन्न मन भएन । उनले तत्कालै त्यो रेडियो फिर्ता गरिदिइन् ।
उनी सानोमा साइकल चलाउन पनि निकै रहर गर्थिन् । तर, उनले सबैभन्दा पहिले आफ्नो गाडी ८ हजार रुपैयाँमा किनेकी थिइन् । लता खानमा पनि निकै सौखिन छिन् । उनलाई मसलेदार खाना निकै मनपथ्र्यो । लताले त एउटा अन्तर्वार्तामा भनेकी थिइन्, ‘मैले एकै दिनमा १२ वटासम्म खुर्सानी खाएकी छु ।’
लताले जीवनमा जम्मा एकपटक मात्र स्कुलमा पुगिन् । त्यो पनि आफ्नी बहिनी आशा भोसलेलाई स्कुल लिएर जाँदाको दिनमा । त्यही दिन बहिनीलाई लिएर जाँदा आफ्नो पनि शुल्क लाग्ने थाहा पाएपछि लताले स्कुल नजाने घोषणा गरिन् । पछि उनलाई न्युयोर्क विश्वविद्यालयसहित ६ विश्वविद्यालयले मानार्थ डिग्री चाहिँ दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।