एजेन्सी— प्रिमियर लिगमा आज एकै दिन ८ खेल हुँदैछन् ।
नेपाली समय अनुसार आज बेलुका साँढे सात बजे शिफिल्ड युनाइटेड र लिभरपुलले एकअर्काको सामना गर्दै छन् । यो खेलमा लिभरपुल आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । शिफिल्ड लिभरपुलको विजयी रथलाई रोक्न चाहन्छ ।
त्यस्तै, नेपाली समय अनुसार आज राति १० बजे एकैसाथ ५ वटा खेल हुँदैछन् । बर्नमाउथले वेस्टह्यामको, एस्टन भिल्लाले बर्नलीको सामना गर्दैछन् । त्यस्तै, चेल्सी र ब्रिगटन पनि आज आमनेसामने हुँदैछन् । क्रिस्टल प्यालेस र नर्विच सिटी तथा टोटनह्याम र साउथह्याम्टनबीचको खेल पनि आज नै हुँदैछ । वुल्भ्स र वाटफोर्ड पनि एक अर्कासँग भिड्ने छन् । इभर्टनले म्यान्चेस्टर सिटीको पनि आज नै खेल हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।