साहरुखको फिल्म नखेल्ने निर्णयबाट गौरी खुसी

एजेन्सी— बलिउडका बादशाह भनेर पनि चिनिन्छन्, साहरुख खान । तर, उनी केही समययता कुनै पनि फिल्म गरिरहेका छैनन् । बरु उल्टै केही समय आफूले फिल्मबाट छुट्टी लिने उनले बताएका छन् ।

उनको यही निर्णयका कारण उनी खुसी पनि छन् । अन्तिम पटक फिल्म जिरोमा काम गरेका साहरुखले अहिले कुनै प्रोजेक्टमा काम नगरेको पनि बताएका छन् । तर, उनका प्रशंसक उनको नयाँ फिल्मको प्रतीक्षामा छन् । त्यसैले ट्विटरमा साहरुखलाई धेरैले मेन्सन गरेका छन् र लेखेका छन्— अर्को फिल्म कहिले आउँछ ?

त्यसो त साहरुखले अर्को फिल्मको कुरै गरेका छैनन् । यसले प्रशंसकलाई निम्त्याएको दुःख भन्दा पनि उनकी श्रीमती भने खुसी भएकी छिन् । गौरीले भनेकी छिन्, ‘मलाई त यसले खुसी मिलेको छ, अब म बाहिरबाट आउँदा उनी घरमा नै हुनेछन् । उनले घरको हेरचाह पनि गर्नेछन् ।’





  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार १३:३३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया