किन कुमारी आमा बन्न चाहिन् एकता कपुर ?

एजेन्सी— भारतमा एकता कपुरका निकै धेरै प्रशंसक छन् । उनले २३ वर्ष पहिले भारतीय टिभीमा यात्रा सुरु गरेकी थिइन् । पछि उनले धेरै सिरियल र टिभी कार्यक्रममा काम गरिन् ।

उनी आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा छिन् । उनले आजभन्दा २२ वर्षअगाडि नै आफूले विवाह गर्ने बताएकी थिइन् । तर, अहिले ४४ वर्षक हुँदासम्म पनि उनले विवाह गरेकी छैनन् ।

उनी १७ वर्षको हुँदा नै पैसा कमाउन चाहन्थिन् । अनि उनले एउटा टिभीमा काम गर्न थालिन् । उनले आफूले पैसा कमाउनकै लागि एड एजेन्सीमा काम गर्न थालेको बताएकी पनि थिइन् ।

तर, एकताले विवाह गरिनन् । बरु उनले सेरोगेसीबाट एक बच्चा एडप्ट गरिन् । २२ वर्षको उमेरमा नै विवाह गर्न चाहेकी एकताले यसबारे भनेकी छिन्, ‘कहाँ सबैकुरा सोचेको जस्तो हुने रहेछ र ? मेरो भाग्यले मलाई विवाह गर्नू नै भनेन ।’

एकता आफ्नो हातमा लगाउने औंठीका कारण पनि निकै चर्चामा आउँछिन् । यतिमात्र होइन, औंठी त उनको पहिचानको एक हिस्सा पनि भएको छ । यसबारे उनले आफ्नो विश्वासका कारण औंठी लगाउने गरेको बताएकी छिन् । 





  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार १४:२८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया