रानु मन्डलले गाइन् उदित नारायणसँग गीत

एजेन्सी— भारतकी नयाँ सेलेब्रिटी हुन्, रानु मन्डल । रेलवे स्टेसनमा गीत गाएर बस्ने रानु एउटा भिडियोका कारण चर्चित भइन् र उनलाई हिमेश रेशमियाले गीत गाउने अवसर दिए । त्यसपछि उनी भारतमा टक अफ द टाउन पनि बनिन् । 

अब तिनै रानु मन्डलले भारतका चर्चित गायक उदित नारायणसँग पनि गीत गाएकी छिन् । यो जानकारी पनि हिमेशले नै दिएका हुने । हिमेशले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो राखेका छन् जहाँ रानुले उदितसँग गीत गाएकी छिन् ।

यसअघि रानु चर्चामा आएपछि उनीमाथि फिल्म बनाउने कुरा पनि निकै चलेको थियो । बंगाली अभिनेत्री सुदिप्ता चक्रवर्तीले उनको जीवनमाथि बन्ने फिल्ममा मुख्य भूमिका निर्वाह गर्न गइरहेको चर्चा बलिउडमा चलेको थियो । रानुको बायोपिकमा काम गर्ने बताएका निर्माताले भनेका छन् कि सडकबाट उठेर इन्टरनेटमा सेन्सेसन बनेकी रानुको विषयमा फिल्म बन्नु कुनै अन्यथा हुनेछैन ।





  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार १७:११:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया