क्यान्सर उपचारमा अर्को फड्को

एजेन्सी— भारतको आइआइटी गुवाहाटीले नियन्त्रित तथा विेशेष तरिकाबाट मानव शरीरमा औषधिको आपूर्तिका लागि प्रकृतिबाट उत्पन्न न्यानो सामग्री विकसित गरेको छ । बायोकम्पाटिबल (जैविक अनुकूल) वाहकको विकासमा यसलाई एउटा ठूलो प्रयास मानिएको छ । यो विकासले अब क्यान्सर लागेको कोशिकामा सिधै किमोथेरापी औषधि दिन सकिनेछ । 

पत्रिका एसिएस बायोम्याटेरियल्स साइन्स एन्ड इन्जिनियरिङमा प्रकाशित भएको एक अध्ययनअनुसार अनुसन्धानकर्ताहरुले लक्षित औषधि आपूर्तिका लागि कार्बनको न्यानोट्युब्सको अध्ययन गरेका हुन् । यो मानिसको रौँभन्दा १ लाख गुणा छोटो हुन्छ । 

अनुसन्धानकर्ताहरुले यसले किमोथेरापीका कारण हुने साइड इफेक्टहरु पनि कम गर्ने बताएका छन् । ‘परम्परागत किमोथेरापी क्यान्सरको उपचारका लागि प्रयोग त हुँदै आएको छ तर यो विधिले झन् राम्रो गर्नेछ,’ यो अध्ययनका मुख्य लेखक तथा आइआइटी गुवाहाटीका प्रोफेसर विमान बी मन्डलले भनेका छन्, ‘यो तरिकाका कारण साइड इफेक्टहरु पनि अत्यन्त कम हुन्छन् ।’





  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार १७:११:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया