जुम्लामा जिप दुर्घटना, १३ घाइते

जुम्ला– जुम्लाको सदरमुकामदेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकास्थित लासीमा जिप दुर्घना हुँदा १३ जना घाइते भएका छन् । विमाल स्थलदेखि पातारासीको डिल्लीचौर जाँदै गरेको रा १ ज  ६२१ नम्बरको जिप दुघर्ना हुँदा १३ जना घाइते भएका हुन् । 

वर्षादले सडक चिप्लो भएकाे र जिपमा क्षमताभन्दा बढी (२०-२२ जना) यात्रु भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएकाे छ । घाइते हुनेमा पातारासी गाउँपालिका-४ का २३ वर्षीय सिंहबहादुर बुढा, ४ वर्षीय साङगे लामा, २ वर्षीय स्भारिका थापा, २२ वर्षीय जानकी बुढा, २३ वर्षीय कमल बुढा, १८ वर्षीय किरण बुढा रहेका छन् । यस्तै, सोही गाउँपालिका-३ की ७ वर्षीय साङमो लामा, २७ वर्षीय नुर्बु लामा, ७ वर्षीय दावा लामा, २२ वर्षीय आङम लामा, २७ वर्षीय कार्मा छोटुल तामाङ घाइते भएका छन् भने ६५ वर्षीय ठिले साङमो तामाङ, २६ वर्षीय श्रीबहादुर बुढा रहेको प्रहरीले जनाएको छ । थप २ जना पनि घाइते भएको हुन सक्ने प्रहरीले जनाएकाे छ । उनीहरूको नाम जानकारीमा आएको छैन ।

जिप सडकभन्दा ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरीनायव उपरीक्षक लालबहादुर धामीले बताए । उनले भने, '२ बालबालिकासहित १५ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।' स्थानीय २३ वर्षीय सिंह बुढा भने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार २१:५७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया