मेरो बाबुसँग झगडा परेको होइनः सन्जय दत्तकी छोरी

एजेन्सी— पछिल्ला केही दिनयता समाचारहरुमा बलिउड अभिनेता सन्जय दत्त र उनकी छोरी त्रिशालाबीच झगडा परेका विषयमा निकै धेरै चर्चा भएको थियो । 

तर, यो हल्लामात्र रहेछ । यसलाई स्वयं सन्जयकी छोरी त्रिशालाले प्रष्टीकरण दिएकी छिन् । उनले भनेकी छिन्, ‘यो सबै अफवाह हो ।’ उनले सामाजिक सन्जाल इन्स्टाग्राममा आफ्ना प्रशंसकसँग कुराकानी गर्दै यस्तो लेखेकी हुन् । उनलाई एक प्रशंसकले सोधेका थिए– के तिम्रो बाबुसँग झगडा परेको हो ? 

उनले त्यसको जवाफ दिएकी छिन्– तपाईंहरु मिडियामा आउने झुठा खबरको विश्वास नगर्नुहोस्, यो किन फैलियो भन्ने मलाई थाहा छैन । तर, यसमा कुनै सत्यता छैन । सन्जय दत्तको फिल्म प्रस्थानम अहिले हलहरुमा लागिरहेको छ । तर, यो फिल्मले भारतीय बक्स अफिसमा खासै राम्रो गर्न सकेन ।





  • प्रकाशित मिति : असोज १२, २०७६ आइतबार १०:९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया